ट्वीटरमा नयाँ प्रबन्ध, फेसबुकमा जस्तै समूह बनाउने सुविधा

काठमाडौं । सामाजिक सञ्जाल अर्थात् माइक्रो–ब्लगिङ साइट ट्वीटरले ‘फेसबुक’ जस्तै नयाँ प्रबन्ध बनाउने भएको छ ।
‘ट्वीटर कम्युनिटी’का रुपमा रहने समूहमा ट्वीटरले केही प्रयोगकर्तालाई समूह बनाउन सुविधा दिनेछ । जसले फेसबुक गु्रप जस्तै प्रयोगकर्तालाई जोड्न र हटाउन सक्नेछन् ।
ट्वीटरमा रहेका प्रयोगकर्तामा नै त्यस्तो समूह बनाउने र चलाउने अधिकार दिइने ट्वीट मार्फत जानकारी दिएको ‘दी इकोनोमिक टाइम्स’ले जनाएको छ ।
टाइम्सका अनुसार त्यसमा कुनै एक विशेष विषयमा रुचि राख्ने मानिसको समूह जोडिन सक्नेछन् । ट्वीटरले अहिले कुनै विशेष विषयमा त्यस्तो समूह बनाउने सुविधा दिनुका साथै हरेक हप्ता नयाँ विषयका नयाँ समूह थप्ने व्यवस्था हुनेछ ।
यसैबीच, ट्वीटरले प्राइभेसीको नयाँ टूलमा पनि परिक्षण गरिरहेको छ । जसमा फलोअरलाई ब्लक नगरी नै रिमुभ गर्न सकिने विशेषता हुनेछ । त्यसमा ट्वीटरले गरिरहेको प्रयोग उपयोगी देखिए छिटै प्रयोगकर्तामाझ आउने ट्वीटरले जनाएको दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया