एमसीसीबारे मनोज गजुरेलको ब्यङग्य कविता

काठमाडौं । चर्चित कमेडियन मनोज गजुरेलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे ब्यङगात्मक कविता लेखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवादेखि कमल थापासम्मलाई लक्षित गरी लेखिएको कवितामा एमसीसी जनताका लागि कुसाइतको पञ्चेबाजा भनि टिप्पणी गरिएको छ ।
एमसीसीबारे प्रधानमन्त्री देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका माधव नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, लोसपाका महन्थ ठाकुर, राप्रपाका कमल थापा र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसमेतको कलाकार गजुरेलले कवितामार्फत ब्यङग्य गरेका छन् ।
यस्तो छ कविता
ओलीकालागि एमसिसी,
आए आँप गए झटारो !
प्रचण्डकालागी एमसिसी,
भालुको कनपट, समात्नु न छोड्नु !
देउवाकालागि एमसिसी,
कि हस्तिनापुरको राज कि चपरी मुनीको बास !
माधव नेपालकालागि एमसिसी,
खाई न पाई छालाको टोपी लाई !
उपेन्द्र यादबकालागी एमसिसी,
जसको लाठी उसको भैंसी !
महन्त ठाकुरका लागि एमसिसी,
भोको पेटले सोच्न सक्दैन !
कमल थापाकालागी एमसिसी,
जसको शक्ति उसको भक्ती !
बाबुरामकालागि एमसिसी,
माग्नेलाई छान्ने अधिकार हुँदैन !
चित्रबहादुरकालागि एमसिसी,
हिस्स बुढी हरिया दाँत !
आएनजिओका लागि एमसिसी,
अजिङ्गरको आहारा दैवले जुराउँछ !
पत्रकारकालागी एमसिसी,
धन भनेपछी महादेवका तीन नेत्र !
पावर ब्रोकरकालागी एमसिसी,
मौकामा हिरा फोर्नुपर्छ !
ठेकेदारकालागी एमसिसी,
लुटको धन फुपुको श्राद्ध !
राजाबादीकालागी एमसिसी,
दैवले दिन्छ पितृले हर्छ !
अमेरिकाकालागी एमसिसी,
पशुपतिको दर्शन सिद्राको ब्यापार !
चाईनाकालागि एमसिसी,
दुस्मन खोज्न टाढा जानू पर्दैन !
भारतकालागी एमसिसी,
ईलाका मेरा धमाका तेरा !
जनताकालागी एमसिसी,
कुसाईतमा पञ्चैबाजा !
देशकालागी एमसिसी,
डोकोमा दूध दुहेर अडिंदैन !










उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया