आईसीसी विश्व कप क्रिकेट लिग–२ : अमेरिकामाथि नेपालको जित

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो ।
सोमबार भएको खेलमा ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको मद्दतमा नेपालले सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएका थिए ।
नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३० रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले ।
एक सय १४ बल खेलेका पटेलले एक छक्का र नौ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए । बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिए । लिगमा नेपाल पाँच खेलमा ६ अंक जोडर नेपाल छैटौँ स्थानमा छ ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया