आईसीसी विश्व कप क्रिकेट लिग–२ : अमेरिकामाथि नेपालको जित

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो ।
सोमबार भएको खेलमा ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको मद्दतमा नेपालले सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएका थिए ।
नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३० रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले ।
एक सय १४ बल खेलेका पटेलले एक छक्का र नौ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए । बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिए । लिगमा नेपाल पाँच खेलमा ६ अंक जोडर नेपाल छैटौँ स्थानमा छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया