गण्डकीको सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न निर्देशन

गण्डकी । गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । समितिद्वारा वन वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापासँग अन्तक्र्रिया गर्दै उक्त निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले संघीयताको मर्मविपरीत ११ जिल्लामध्ये जम्मा दुई जिल्लामा मात्रै जलाधार कार्यालय रहेकाले जनतालाई सास्ती भएको बताए । यस आर्थिक वर्षभित्रमा बाँकी नौ जिल्लामा पनि उक्त कार्यालय स्थापना गर्न मन्त्रालयलाई उनले निर्देशन दिए । अहिले तनहुँ र पर्वतमा मात्रै ती कार्यालय छ । वन वातावरण तथा भू–संरक्षणमन्त्री थापाले सबै जिल्लामा भू तथा जलाधार कार्यालय स्थापना गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । जनताले घरदैलोबाट पाउनुपर्ने सुविधा झनै टाढाबाट लिनुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्ने उनको भनाइ छ ।
मन्त्रालयका निमित्त सचिव रामकाजी श्रेष्ठले कार्यालय पनि कम र बजेट पनि न्यून हुँदा जनताको आकांक्षाअनुसार काम गर्न नसकिएको बताए । तनहुँ र पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरे र दिवाकरण पौडेलले आ–आफ्नो कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लाको अवस्थाबारे जानकारी गराए । छलफलमा प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा, भागवतप्रकाश मल्ल र सरिता गुरुङले कार्यलयहरूबीच समन्वय गरेर एकद्वार प्रणालीबाट जनतालाई सेवा दिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
सबैको ध्यान बाटो निर्माणमा केन्द्रित हुँदा भूसंरक्षण तथा जलाधार ओझेलमा परेको र वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको र जलाधार संरक्षणका लागि स्थानीयरूपमा उपलब्ध स्रोत साधनको पनि प्रयोग गर्नुपर्नेमा उनीहरूको भनाइ छ ।
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया