दुईपटक स्थगित १२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौँ । कोरोना महामारीका कारण दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि दुईपटक स्थगित गरिएको परीक्षा बुधबारबाट सञ्चालन गर्ने भएको हो ।
आजबाट सुरु हुने परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताइएको छ । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएको छ ।
कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरिएको छ । गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण लकडाउन लागू भएपछि स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि निर्धारण गरिएको परीक्षा पुनः स्थगित गरिएको थियो । आजदेखि सुरु हुने परीक्षा विहान ११ बजेदेखि हुनेछ ।
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया