चलचित्र छायाङ्कनका लागि बलिउडकर्मी मनाङमा

मनाङ । चलचित्र छायाङ्कनका लागि भारतीय सिने उद्योगका निर्माता निर्देशकको टोली मनाङ आइपुगेको छ ।
कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा भारतीय चलचित्र छायाङ्कन गर्न बलिउडकर्मीहरु आएका हुन् ।
बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो ।
चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आएका छन् ।
निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।
टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली आज काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायाङ्कनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।
मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायाङ्कन गरिने बताइएको छ ।
यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।
यस चलचित्र छायाङ्कनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया