धरापमा रहेका मुख्यमन्त्री धमाधम सरकार विस्तार गर्दै !

काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले भदौ १० गते मुख्यमन्त्रीको सपथ लिए । आचार्यले सपथ लिनु भन्दा एक दिनअघि मात्रै एमालेबाट विभाजित माधव कुमार नेपालले नयाँ दलको मान्यता पाएका थिए ।
नेता नेपालले नयाँ दलको मान्यता पाइसकेपछि प्रदेश १ मा अल्पमतमा पर्ने निश्चित नै थियो । निर्वाचन आयोगको सनाखतमा एमालेका १० सांसदले नेता नेपालको नेकपा (एकीकृत समाजवादी) रोजे ।
९२ जना सदस्य रहेको प्रदेश १ मा नेपाली कांग्रेसका २१ सांसद छन् भने नेकपा माओवादी केन्द्रका १५ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । एमालेका ५१ सांसदमध्ये १० जनाले नेपालको पार्टी रोजेपछि एमाले अल्पमतमा रहेको छ । तर आफू अल्पमतमा परेर धरापमा रहेका मुख्यमन्त्री आचार्यले भने धमाधम मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् । बुधबारमात्रै पाँच मन्त्रि थपे मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आचार्यले नियुक्त गरेका नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले बुधबार मात्रै शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई सपथ दिलाएका थिए ।
बुधबार तुलसीप्रसाद न्यौपानेले आर्थिक मामिला तथा योजना, हिरा थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी, लिलावल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुनमन्त्रीको सपथ लिए भने ज्ञानेश्वर राजववंशीले भूमि व्यवस्था, कृषि राज्यमन्त्री र उत्तमकुमार बस्नेतले उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीको सपथ लिएका छन् ।
यस अगाडी बागमति प्रदेशमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि यसै गरी मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।
राजनीतिक कानुन अनुसार, सरकारलाई साथ दिएका कुनै दलले साथ छोडेमा, सरकारको नेतृत्व गरेका कुनै पार्टी विभाजित भएमा वा सरकारमाथी विश्वास छैन भनी अन्य राजनीतिक दलले संसदमा निवेदन दिएमा सरकारको नेतृत्वमा रहेकाले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।
बागमति र प्रदेश १ मा वरु उल्टो एमाले विभाजित हुने भएपछि यस अगाडी सरकारको नेतृत्व गरिरहेका क्रमशः डोरमणि पौडेल र शेरधन राईले राजीनामा दिए । प्रदेश सभामा बहुमत रहेको दलको हैसियतमा एमालेवाटै वागमतिमा अष्टलक्ष्मी र प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भए । यी दुवै नेता एमालेका केन्द्रीय पदाधिकारी हुन् । दुवै पहिले माधव नेपाल समुहमा थिए । तर ओलीले दुवै नेतालाई मुख्यमन्त्री बनाउन नचाहेपछि २०७४ फागुनमा प्रदेश सभामा संसदीय दलमा चुनाव नै गराएर ओलीले अष्टलक्ष्मी र भीम आचार्य लाई मुख्यमन्त्री बन्नबाट रोकेर आफ्नो समुहका नेतालाई मुख्यमन्त्री बनाउन भूमिका खेलेका थिए ।
तर जव एमाले विभाजित हुने अवस्था आयो, दुवैलाई एमालेभित्रै रोक्ने नीति ओलीले बनाए, त्यसपछि एकाएक दुवै प्रदेशका ओली पक्षमा रहेका मुख्यमन्त्री राजीनामा दिन तयार भए र माधव नेपाल छोडेका भीम आचार्य प्रदेश १ र अष्टलक्ष्मी शाक्य वागमति प्रदेशको मुख्यमन्त्री चयन भए ।
तर अहिले दुवैसँग प्रदेश सभामा वहुमत छैन । तै पनि उनीहरुले संसदमा विश्वासको मत लिने तयारी समेत गरेका छैनन । वरु झन अल्पमतमा रहेपनि मन्त्रीपरिषद् विस्तार गरिरहेका छन् । आचार्यले त्यही अनुसार बुधबार मनित्रपरिषद् थप विस्तार गरेका हुन् ।
केन्द्रमा सत्ता गठबन्धन बनाएका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी , नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चाले प्रदेशमा पनि गठवन्धन बनाएर सरकारलाई चुनौति दिन खोजेका छन् । आफै विश्वासको मत लिने तयारीमा यी दुवै प्रदेशका मुख्यमन्त्री तयार नभए अवको एक सातापछि सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गठबन्धन दलले गरेका छन् ।
एमालेको नेतृत्वमा रहेको ४ ओटा प्रदेश सरकार मध्ये गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमिसकेको छ भने वागमति र प्रदेश १ मा मात्र अहिले सरकार छ । त्यो पनि अल्पमतमा रहेको सरकार छ । केन्द्रमा सत्ता गठबन्धन बनाएको पाटीृहरुले यी दुवै प्रदेशमा गठबन्धन बनाएर गए भने यी सरकार पनि धरापमा पर्नेछ ।















नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया