नेपाली राजदूत र कुवेती व्यापारिक व्यवस्थापकबीच भेट वार्ता
मेरोन्यूज
२०७८ भदौ ३१ गते १९:०२

काठमाडौँ । कुवेतका लागि नेपाली राजदूत र कुवेतमा रहेका व्यापारिक प्रतिष्ठानका व्यवस्थापकहरूबीच भेट वार्ता भएको छ । नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र चार कुवेती कम्पनीका व्यवस्थापकबीच भेट वार्ता भएको हो ।
भेटमा दुई देशबीचको उत्पादन, निर्यात तथा आयातका बारेमा छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । वार्तामा नेपालीहरूका लागि प्राप्त भइरहेका र हुन सक्ने रोजगारीका अवसरलगायतका विषयमा छलफल भएको थियो ।
यसै क्रममा कुवेत च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका डिपुटी डाइरेक्टर हमद अल ओमरसँग समेत भेट भएको थियो । भेटमा कुवेतमा नेपाली सामग्रीको निर्यात, नेपालमा लगानीलगायत आपसी विकास तथा उन्नत्ति, व्यापारिक सम्बन्धलाई थप गतिशिल र परिणाममूखी बनाउने विषयमा कुराकानी भएको थियो ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया