आगामी ४ गतेदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाइने

काठमाडौँ । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिने भएको छ । आगामी सोमबारदेखि ३ दिनसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ महानगरपालिकाको सबै वडामा खोप लगाइने भएको छ । वडाभित्र तोकिएको स्थानबाट कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले पत्र जारी गरी जानकारी दिएको छ ।
यस्तै, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, तार्केश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाहरूको विभिन्न स्थानबाट भेरोसेलको दोस्रो डोज खोप लगाउन सकिने मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, वीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूती गृहलगायत अस्पतालमा खोप केन्द्र तोकिएको छ ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया