आगामी ४ गतेदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाइने

काठमाडौँ । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिने भएको छ । आगामी सोमबारदेखि ३ दिनसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ महानगरपालिकाको सबै वडामा खोप लगाइने भएको छ । वडाभित्र तोकिएको स्थानबाट कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले पत्र जारी गरी जानकारी दिएको छ ।
यस्तै, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, तार्केश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाहरूको विभिन्न स्थानबाट भेरोसेलको दोस्रो डोज खोप लगाउन सकिने मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, वीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूती गृहलगायत अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया