लेखक, पत्रकारले धेरै पैसा कमाउनु पर्छ भन्ने मेरो मान्यता हो : कमल ढकाल
लेखक, पत्रकारका लागि ५० घर बनाउने योजना
मुलपानी, काठमाडौंका कमल ढकालले लामो समय पत्रकारिता गरे । प्रिन्ट र टेलिभिजनमा लामो अनुभव बटुलिसकेपछि उनले बाटो फेरे । पेशा त अक्षरकै थियो । काम त लेखनकै थियो । साहित्यलाई व्यवसाय गर्न सकिन्छ भन्ने मान्यताले उनले घोस्ट राइटिङ नेपालको स्थापना गरे । उनले यस कम्पनीमार्फत पुस्तक लेखन तथा प्रकाशनको काम थाले । घोस्ट राइटिङ नेपाल अहिले लेखन कुञ्जमा परिणत भईसकेको छ । थापागाउको शान्त वातावरण, वरीपरि थरीथरीका रुखहरु, बासका टहराको आकर्षक भवन । त्यही भेटिन्छन्, कमल ढकाल । अक्षर कर्ममा रमाएका छन् उनी । साहित्यकार र लेखक सम्बृद्ध बन्नुपर्छ भन्ने मान्यता बोकेर उनी लेखन कुञ्जलाई मजबुत बनाउन समर्पित छन् ।
उनै कमल ढकालसँग नरेन्द्र रौलेले गरेको कुराकानी :

लेखनकुञ्जको अवधारणा कसरी आयो ?
मैले विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गरें । काम गर्दै जाँदा धेरै समय गुजारेपछि मलाई लाग्यो, पत्रकारिता गरेर जीवन निर्वाह गर्न गा¥हो छ । पत्रकारितामा लेख्ने भन्दा ठोक्नेलाई पैसा आउछ । त्यो अवस्था देखेपछि मलाई विरक्त लाग्न थाल्यो । तैपनि मेरो अक्षरप्रति मेरो मोह थियो । जुन कहिल्यै टुटेन ।
०६२ मा म गाडी चढ्ने, हातमा औंठी लगाउने भईसकेको थिएँ । नेपाल समाचारपत्रमा छँदा गो अहेड स्तम्भ लेख्थें । प्रगतिका कथा लेख्थें । निरस समाजमा आशा भरिएका कथा लेख्थें ।
त्यही क्रममा कर्ण शाक्यसँगको मेरो भेटपछि जीवनले मोड लियो । उहाँको म सक्छु भन्ने किताबको मैले जिम्मा लिएको थिएँ । त्यो राम्रै पारिश्रमिक राम्रै थियो । घोस्ट राइटिङको काम पनि हुन्छ अन्य देशमा भन्ने कुरा त्यही भेटमा थाहा भयो । पछि कर्ण दाईले अरु व्यक्ति पनि दिनु भयो । त्यसले गर्दा मलाई सजिलो भयो । अहिले १ सय २१ वटा किताब छापिसक्यौं । ५ सय वटा लाइनमा छन् ।
संस्था सुरु गरेपछि कत्तिको कठिनाइ झेल्नुपयो ?
२०६६ मा संस्था दर्ता गरें । तीन वर्ष त घाटा नै लाग्यो । मेरो खर्च पनि धेरै भइसकेको थियो । तर, मेरो यसैमा लगाव थियो । व्यापार त मेरो अरु पनि थियो । तर, म यहि कामलाई अघि बढाउन चाहन्थें । कर्ण शाक्य दाईले मलाई केही मानिस सिफारिस गरिदिनुभयो । त्यसले पनि मलाई सजिलो भयो ।
०५५ मा मेरो बुबा बित्नु भयो । मैले बाको कथा लेख्न पाइनँ । मलाई मप्रति विश्वास थियो । जीवनको महत्व कति छ भन्ने थाहा भयो । लाग्यो, ठूलो त जीवन हो । हामीले यसलाई सानो बनाइरहेका हुन्छौं । मानिसहरु पृथ्वीबाट छिटै अस्ताउँछन् । एउटा रुखको आयु तीन सय वर्षदेखि ५ सय वर्ष हुन्छ । मानिसको कथा लेखिनु पर्छ । मानिस मरिरहन्छन् । मृत्युको देशमा हामी जीवनको कथा लेखिरहेका छौं भन्ने लाग्छ । यसले गर्दा संस्थालाई अझ रफ्तार दिन मन लाग्यो ।
सुरुसूरुमा विज्ञापन पनि खुब गर्नुभयो । त्यसले कस्तो प्रभाव पायो ?
सुरुमा राष्ट्रिय दैनिकमै विज्ञापन गरियो । ८, १० लाख रुपैंयाँ त विज्ञापनमै गयो । तपाईंको कथा हामी लेख्छौं भनेर विज्ञापन गरियो । त्योबेला लेख्ने कम आउथे । बुझ्न धेरैले खोज्थे । विस्तारै त्यसको प्रभाव पर्दै गयो । मानिसहरु आउन थाले । पैसा भएर कमलले घोस्ट राइटिङ्ग सूरु ग¥यो । बहुलायो भने कतिले त । तर, मैले मेरो बाटो छोडिन“ । समय क्रममा मेरो लक्ष्यले मूर्त रुप लियो ।
लेखनकुञ्जले सिर्जनात्मक लेखनमा पनि जोड दिएको छ । यसबारे छोटकरीमा बताइदिनुहोस् न ।
लेखनकुञ्जमा क्रियटिभ राइटिङ्ग (सिर्जनात्मक लेखन) पनि पढाई हुन्छ । यसमा एउटा ब्याचमा २० देखि ३० जना हुन्छन् । केही समय कोरोनाले पढाई रोकिएको मात्र हो । अब १५ औं ब्याच सुरु हुँदैछ । सिर्जनात्मक लेखन तीन महिने कोर्ष हो । जसमा सिद्धान्त, व्यवहार र प्रयोगको पढाई हुन्छ ।
विशेषगरी साहित्यमा रुचि राख्ने डाक्टर, इन्जिनियर, कृषि क्षेत्रका व्यक्तिहरु सिक्नका लागि आइरहनु भएको छ । कथा म भित्रै रहेछ । म अन्तै खोज्दै हिंडे भन्नेहरु धेरै जना हुनुहुन्छ ।
हामीले कुञ्ज थियटर पनि सुरु ग¥यौं । यस अन्र्तगत थियटर राइटिङ्गले निरन्तरता पाउनेछ । मेरो त सास पनि यसैमा छ । श्वासले कुनै बेला रुवाउछ, कुनैबेला हसाउँछ ।
अब कस्ता खालका किताब ल्याउने सोचमा हुनुहुन्छ ?
सिमल बुकले कथा, निबन्ध, नाटक छाप्नेछ । लेखन कुञ्जले जीन्दगीका किताबहरु छाप्नेछ । संस्मरण, आत्मबृत्तान्त विधा यसमा पर्नेछन् ।
अहिले हात हालेको कामप्रति सन्तुष्ट हुनुहुन्छ ?
लण्डन एकै दिनमा बनेको होइन । उसले हरेक कुराको दस्तावेज बनाएको छ । हाम्रो संस्थाले छापेका किताबहरु कति बिके, चर्चित बने कि बनेनन् ? मलाई त्यतातिर मतलब छैन । तर, म एकदमै सन्तुष्ट छु । मेरो मनलाई शान्ति मिलेको छ । अहिले अन्य प्रकाशन गृहका साथीहरु मैले छाप्ने तयारी किताब माग्न आउछन् । टी एस इलियट, जर्ज बर्नाड शाका पुस्तकहरु पनि घोस्ट राइटिङ्गले छापेको थियो ।

लेखनकुञ्जमा कति जनाले रोजगारी पाइरहेका छन् ?
१० जना पूर्णकालिन र ८० जना पार्टटाइम लेखक छन् । ती मध्ये टप पत्रकारहरु पनि छन् । राम्रो पैसा कमाईरहेका छन् । लेखक, पत्रकारले गाडी चढ्नु पर्छ, घर बनाउनु पर्छ, पैसा कमाउनु पर्छ भन्ने मेरो मान्यता हो । लेखन कुञ्जले लेखनमा नयाँ सम्भाबना जन्मायो ।
पत्रकारिता र पुस्तक लेखन दुबैमा अनुभव बटुल्नु भयो । यी दुई पेशाबीच के फरक पाउनु भयो ?
धेरै फरक छ । पत्रकारिता झुसिलकिरो हो भने लेखन पुतली हो । पत्रकारिता उत्तेजना हो भने लेखन चेतना हो । पत्रकारिता तुजुक हो भने लेखन आत्मविश्वास हो । पत्रकारिताप्रति म नकारात्मक छैन । यसले लेखनमा सिकाउछ । तर, यतिबेला म पुस्तक लेखनमा बढी रमाइरहेको छु ।
तपाईंलाई मन पर्ने लेखक र पुस्तकहरु ?
सिमोन द बोउवारको द सेकेन्ड सेक्स । रान्डा बनको सेक्रेट । पाउलो कोएल्होको द अल्केमिस्ट । मलाई पाउलोको लेखन एकदमै राम्रो लाग्छ । उनी लेख्नकै लागि अर्को देश जान्छन् । पात्रलाई बढी हिडाउछन् । यस्तै जेके रोलिङ्गका पुस्तकहरुले मलाई प्रभावित गरेका छन् । डिप्रेसनबाट मुक्ति पाएपछि उनले लेखेका पुस्तकहरु निकै चर्चित भए ।
यस्तै नेपालीमा महाकवि देवकोटाका कविता, निबध र महाकाब्य मलाई अत्यधिक मन परे । उनी ५० मै बिते । देवकोटा मलाई गजबका व्यक्ति लागे । धेरै पहिले भारतमा गरेको एक भाषण लिखित रुपमा पढ्न मन लाग्यो । त्यो ऐतिहासिक भाषण मलाई खत्रा लाग्यो । के नेपाल सानो छ ? भन्ने निबन्ध बहुतै राम्रो लागेको थियो । यस्तै कथामा ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे मानक ठान्छु ।
मदनमणि दीक्षितको माधवी अति उत्कृष्ट लाग्छ । शब्दहरुको जंगल छ त्यसमा । निबन्धको सवालमा कुरा गर्दा शंकर लामिछाने र नाटकमा बालकृष्ण समको नाम अकाट्य लाग्छ । यस्तै उपन्यासमा नारायण ढकालका पुस्तक मलाई मन पर्छन् ।
सधैं नयाँ नयाँ काममा रमाउनु हुन्छ । नयाँ प्रयोग रुचाउनु हुन्छ । तत्काल सुरु गरिहाल्ने त्यस्तो नयाँ कुनै सोंच र योजना छ ?
२०८० पछि नयाँ काम गर्दैछौं । काभ्रेको रयालेमा ५० रोपनी जग्गा लिइसकेका छौं । जहाँ ५० घर बनाउने योजना छ । त्यसको नाम हुनेछ, लेखनग्राम । ५० जना लेखकबाट निश्चित रकम लिएर घर हस्तान्तरण गर्नेछौं ।
काठमाडौं घर नभएका, लेखक, पत्रकारले लेखनग्राममा घर लिन सक्नेछन् । यो एउटा नमुना बस्ती बन्नेछ । भोलि संसारका लेखकहरु यहाँ भ्रमणका लागि आउनेछन् । नेपाली लेखकका पुस्तकलाई अन्तराष्ट्रिय भाषामा ल्याउने प्रयत्न गर्नेछु । २०८५ भित्र लेखनग्राम बनाइसक्ने योजनामा छु । यो साहित्यकारको कोशी टप्पु बन्नेछ ।

















पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
लागू औषधिसहित ९ जना पक्राउ
दाङका ३ निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र
Woman killed another injured as tree crashes into house
प्रतिनिधिसभा निर्वाचनः फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया