संविधान जारी गर्दा हामीसँग सेना छ भन्दै धम्की आयो : नेता नेम्वाङ

काठमाडौंँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान जारी गर्ने बेला संविधान जारी गर्न नदिन धम्की आएको बताएका छन् ।
संविधान दिवसको अवसरमा आइतबार एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले संविधान ढिलो जारी गर्न धम्की दिएको बताए । उनले लोभ, लालच देखाएर संविधान जारी नगर्न धम्की दिएको बताएका हुन् ।
उनले भने, ’संविधान जारी गर्ने बेला हामीलाई धम्की आयो । चाँडो संविधान जारी नगर, ढिलो गर भने । लोभ, लालच देखाए । हामीसँग सेना छ । संविधान सभाको म्याद ४ वर्ष छ । अहिले किन बनाउनु हुन्छ । तपाई चार वर्ष संविधान सभाको अध्यक्ष हुन छाडेर एक वर्ष मात्र किन भन्नु हुन्छ ।‘
उनले आफूले १० वर्ष संविधान नबनाउने अध्यक्ष हुनुभन्दा संविधान बनाएर एक वर्षको अध्यक्ष हुनु राम्रो भएको बताए ।
नेम्वाङले संविधान जारी गर्दा नेपालको झण्डा, देशको नाम परिवर्तन गर्न प्रस्ताव आएको पनि बताए । नेपालको नाम पुरानो भयो । झण्डा फेर्नु पर्यो भनेर प्रस्ताव आएको उनले बताए । नेम्वाङले संविधान समावेशी भएको बताए ।
यस्तै नेम्वाङले संविधान दिवसको अवसरमा सरकारले दिएको पदक तथा विभुष्णको विरोध गरेका छन् । उनले एमालेको सरकार परिवर्तन गर्न भूमिका खेल्नेलाई पदक तथा विभुषण गरेको भन्दै आपत्ति जनाएका हुन् । एमालेको सरकार परिवर्तन गर्न भूमिका खेल्ने, सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने, प्रतिनिधिसभाको विघटनविरुद्धको रिटमा सुनुवाई गर्ने न्यायधिशलाई विभुषण गरेको भन्दै उक्त पदक फिर्ता लिन आग्रह गरे ।
उनले संविधान दिवसको अवसरमा त्यस्ता पदक लिनु संविधान समवत नभएको बताए ।

















मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
Two killed, two injured in road accident
14 days to HoR elections: ‘Temporary Voter List Procedure 2082’ issued
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया