बुधबार, वैशाख १६, २०८३

‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल

मेरोन्यूज २०८२ चैत २१ गते १६:३९

भैरहवा (रुपन्देही)। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन योजना(पिएसपिपी)को स्वागत गर्दै त्यसले देशको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement
NiccNicc

नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशको भैरहवामा भएको आठौँ सभामा उनले उक्त योजना निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको बताउँदै त्यसलाई निजी क्षेत्रले सकारात्मक ठानेको उल्लेख गरे ।

“हामीले वर्षौँदेखि निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि ठोस कार्ययोजनाको माग गर्दै आएका थियौँ”, उनले भने, “सरकारले हाम्रो प्रस्तावलाई स्वीकार गरेकामा हामी आभारी छौँ ।”
शिक्षण संस्थालाई ‘शान्ति क्षेत्र’ घोषणा गरिए जस्तै निजी क्षेत्रलाई निर्वाध रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरुबीच कार्यगत एकता अपरिहार्य भएको बताए ।

प्रतिक्रिया