माओवादीमै फर्किए पूर्व सांसद

काठमाडौं । पहिले माओवादी केन्द्रमा रहेका तर पछि पार्टी विभाजनपछि अन्यत्रै पार्टीमा पुगेका पूर्व सांसद प्रल्लाद लामिछाने लगायत नेता कार्यकर्ता माओवादी केन्द्रमै फर्किएका छन् ।
मकवानपुर जिल्ला बाट निर्वाचित पूर्व सांसद प्रल्लाद लामिछाने लगायत नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा फेरि स्वागत गरेका हुन।
त्यस्तै चितवन जिल्ला बाट रमेश रेग्मी (अमर) तथा बाबुराम पोख्रेल लगायत नेता कार्यकर्ता पनि माओवादी केन्द्रमै फर्किएका छन् ।
लामिछाने लगायत यो टोली डा. वावुराम भट्टराईको नयाँ शक्तितिर लागेका थिए । तर लामिछाने नयाँ शक्तिमा अडिएनन । त्यसपछि उनी एमाले प्रवेश गरेका थिए । तर एमाले अध्यक्ष ओलीले लिएको बाटो निरंकुशताको बाटो भएको र प्राप्त उपलब्धीलाई निस्तेज पार्ने अभियानमा लागेको भन्दै उनी पूनः माओवादी केन्द्रमै फर्किएका हुन् ।
उनीहरुलाई प्रचण्डले आफ्नै निवास खुमलटारमा आज एक कार्यक्रमका वीच पार्टीमा स्वागत गरेका हुन् ।
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया