भोलिदेखि देशभर भेरोसेल खोप दिइँदै, क–कसले पाउने ?

काठमाडौँ । सरकारले असोज ४ (भोलि)देखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह विभाजन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने भएको हो । काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ ।
काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ । यीबाहेक अरू ५८ जिल्लाहरू मनाङ, मुस्ताङ र रुकुम (पूर्व)बाहेकका जिल्लाहरूमा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिहरूलाई समेत खोप दिइने मन्त्रालयले जनाएको छ ।

















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया