एमालेको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौँ । नेकपा एमालेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा एमालेको रिटमाथि सुनुवाई गर्न पेसी तोकिएको छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेले पार्टीको साधारण सदस्य र सांसदबाट निष्कासन गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले कारबाही गरेका सांसदको सनाखत गरी नयाँ दल दर्ता गरेको भन्दै उनीहरुविरुद्ध अदालत गएको थियो ।
एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर सचिवालयले सूचना टाँस नगरेपछि माधव नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस गरेको थियो । पार्टीले कारबाही गरेका सांसदहरुलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गरिदिन माग गरेको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया