एमालेको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौँ । नेकपा एमालेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा एमालेको रिटमाथि सुनुवाई गर्न पेसी तोकिएको छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेले पार्टीको साधारण सदस्य र सांसदबाट निष्कासन गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले कारबाही गरेका सांसदको सनाखत गरी नयाँ दल दर्ता गरेको भन्दै उनीहरुविरुद्ध अदालत गएको थियो ।
एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर सचिवालयले सूचना टाँस नगरेपछि माधव नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस गरेको थियो । पार्टीले कारबाही गरेका सांसदहरुलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गरिदिन माग गरेको छ ।















कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया