एमालेको नाराबाजीबीच बजेट संसदबाट पारित
बजेट होलिडेको अवस्था अन्त्य, सरकारलाई खर्च गर्न खुल्यो बाटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदमा नाराबाजीबीच बजेट पारित भएको छ । सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई प्रतिस्थापन गर्न अर्काे संसोधित बजेट संसदमा प्रस्तुत गरेको थियो ।
सरकारले प्रतिस्थापन बजेट ल्याउँदा पनि एमालेले प्रतिनिधीसभामा नाराबाजी गरिरहेकै थियो । एमालेले सभामुख अग्नि सापकोटाको भूमिका निश्पक्ष नभएको र आफ्नो पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्तको सूचना प्रकाशित नगरेर सभामुखले एमाले विभाजनको मतियार बनेको आरोप लगाउदै संसदको जारी अधिवेशनमा भदौं २३ यता निरन्तर नाराबाजी गदै आईरहेको छ ।
एमालेको नाराबाजी र संसद अवराेधका कारण सरकारले कर उठाउन पाउने भएपनि गत भदौं ३० यताको ५ दिन खर्च भने गर्न नपाउने गरी बजेट होलिडेको अवस्थामा सरकार थियो । इतिहासमै पहिलो पटक मुलुक यस्तो अवस्थामा पुगेको थियो ।
तर आज एमालेको नाराबाजीकै बीचमा सभामुखले संसदको प्रक्रिया अगाडि बढाएपछि बजेट पारित हुने अवस्था आएको हो ।
योसँगै प्रतिनिधीसभाले बजेट पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ । राष्ट्रियसभाबाट पारित भएपछि पुनः प्रतिनिधिसभामा पठाउँछ । प्रतिनिधिसभाल स्वीकार गरेरे राष्ट्रपतिसमक्ष पठाउनेछ । त्यसपछि कार्यान्वयनमा आएर बजेट होलिडेको अन्त्य हुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।
अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।
बजेट पारित भएसगै संसद बैठक भने असोज ७ गते सम्मलाई स्थगित भएको छ ।
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया