शिल्पाका पति धरौटीमा छुटे

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका श्रीमान राज कुन्द्रा धरौटीमा छुटेका छन् ।
पोर्नोग्राफी अर्थात अश्लील भिडिओ बनाएको अभियोगमा पक्राउ परेका कुन्द्रा धरौटीमा छुटेका हुन् । मुम्बईको एक अदालतले ५० हजार रुपैयाँ धरौटीमा कुन्द्रालाई रिहा गरेको बीबीसीले जनाएको छ ।
गत बिहीबार मुम्बई प्रहरीले कुन्द्रविरूद्ध करिब १४ सय पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो । राजले शनिबार अनुसन्धान सकिएको र अभियोग पत्र बुझाइसकेको भन्दै जमानतका लागि अपील गरेका थिए ।
प्रहरीले कुन्द्राको मडस्थित ग्रीन पार्क बंगलामा छापा मार्दा अश्लिल फिल्मको सुटिङ भइरहेको थियो । उनीसँगै पक्राउ परेका एक महिलासहित पाँच जना पनि सोमबार नै रिहा भएका छन् ।
कुन्द्रा गत जुलाइ १९ मा पक्राउ परेका थिए । उनले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए । यसअघि पनि उनले धेरैपटक जमानतका लागि अपील गरे पनि अदालतले अस्वीकार गर्दै आएको थियो ।
यद्यपि प्रहरीको अभियोगपत्रमा राजलाई अश्लील फिल्म बनाउने ‘मुख्य योजनाकार’ भनिएको छ । उनले फिल्म दुनियाँमा संघर्ष गरिरहेका युवतीहरूलाई प्रलोभन दिएर अश्लील भिडिओमा खेलाएको आरोप छ ।
शिल्पा र राजको सन् २००९ मा बिहे भएको थियो । उनीहरूका एक छोरा र एक छोरी छन् ।
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया