कांग्रेस काठमाडौंसहित सात जिल्लाको वडा अधिवेशन आज हुँदै

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौFसहित सात जिल्लाको वडा अधिवेशन आज हुँदैछ । संघीय राजधानी, सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको वडा अधिवेशन आज हुँदैछ । अन्य छ जिल्लाको पनि वडा अधिवेशन आज नै हुँदैछ ।
कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्ला कमिटीलाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको बताइएको छ । काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । यस्तै काठमाडौँमा ११ स्थानीय तह छन् भने १३८ वडा छन् ।
काठमाडौँमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यता रहेको बताइएको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । कांग्रेसको अझै १३ जिल्लामा वडा अधिवशन हुन बाँकी छ । क्रियाशील सम्बन्धिको विवाद नमिलेकाले १३ जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।
कांग्रेसले गाउँ र नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने निर्णय गरेको छ ।
यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसले तय गरिएको छ । कांग्रेसकोे केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म हुनेछ ।
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया