नेकपा एसका नेताहरू यसरी पुगे पार्टीको पहिलो बैठकमा (फोटोफिचर)
जुली गिरी
२०७८ असोज ५ गते १४:४६

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भई गठन भएको पार्टी नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटी बैठक बसेको छ । बैठक नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको हो ।

बैठकमा प्रवेश गर्नुअघि पत्रकारसँग बोल्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले युवाहरू ठूलो मात्रामा उपस्थित भएको बताएका थिए । ‘पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउँदा खुसी लागेको छ, बैठकमा युवाहरूको आकर्षण राम्रो रहेको छ,’ उनले भने, ‘अब नयाँ पार्टीले नयाँ उचाई लिन्छ ।’

बैठकमा पार्टी अध्यक्ष नेपालसहित गंगालाल तुलाधार, विरोध खतिवडा, राजेन्द्र पाण्डेसहित एमालेका अध्यक्ष प्रधानमन्त्री हुँदा वन मन्त्री बनेको प्रेम आलेसमेत उपस्थित भएका छन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया