‘दा मिलानो इटालियाद्वारा दशैं तिहारको अवसरमा ५० प्रतिशत छुट

काठमाडौँ । विश्वविख्यात इटालियन फेसन ब्राण्ड ‘दा मिलानो इटालिया’ले दशैं तिहारको अवसरमा छुटसहितको ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ ।

ब्राण्डेड सामानहरू बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुप अन्तर्गतको दा मिलानो इटालिया र रोसो ब्रुनेलोले पनि दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।

दशैंतिहारलाई लक्षित गर्दै विभिन्न कम्पनी तथा ब्राण्डहरूले उपभोक्ताहरूका लागि विभिन्न अफरहरू सार्वजनिक गरिरहेका छन् । यसैबीचमा यी दुई ब्राण्डले आफ्नो सामानहरूलाई ५० प्रतिशतसम्मको छुटमा बिक्री गरिरहेको हो ।
दा मिलानोका उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा पर्दै आएको स्टोर प्रमुख ग्रेशा खड्का बताउँछिन् । उनका अनुसार, दा मिलानोको उत्पादनमा लाइफटाइम वारेन्टी हुने गरेको छ ।

‘दशैंतिहारको अवसरमा धेरै नेपालीले नयाँ सामान खरिद गर्नुहुन्छ । चाडपर्वका समयमा ल्याइएको यो अफरमा अहिले ग्राहक आकर्षित भएका छन्,’ उनी भन्छिन्,‘ग्राहकलार्य सुविधा प्रदान गर्ने उद्देश्यले ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ ।’
दा मिलानो पुरुष तथा महिलाको ह्याण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, वालेट, ट्राभल लगेज लगायतका उत्पादनका लागि प्रसिद्ध छ । यस्तै रोसो ब्रुनेलो पुरुष र महिला दुवैका लागि आवश्यक छाला (लेदर)का जुत्ताका लागि चर्चित छ ।

दा मिलानो इटालिया र रोसो ब्रुनेलोको शोरुम दरबारमार्ग क्यापिटल महलको ग्राउण्ड फ्लोरमा छ । त्यहाँ पुगेर ग्राहकले आफूलाई मन परेका सामानहरू विषेश छुटमा लिन सक्नेछन् ।
ब्राण्डेड सामानका पारखीहरूका लागि यो उत्कृष्ट अवसर र विकल्प भएको प्रमुख ग्रेशा खड्काको दावी छ । उनी भन्छिन्,‘जसले यी ब्राण्डहरूका ब्राण्डेड उत्पादनहरूलाई नजिकबाट नियाल्नुभएको छ, उहाँहरूका लागि यो एक उत्कृष्ट अवसर र विकल्प हो, चाडपर्वको अवसरमा विषेश छुटमा यी उत्पादनहरू उहाँहरूले लिन सक्नुहुनेछ ।’ बिहान १०ः३० बजेदेखि बेलुका ८ बजेसम्म ब्राण्डको कार्यालयमा पुगेर सामान खरिद सकिनेछ ।

विगतका वर्षहरूमा पनि यो अफर लागु हुने गरेको थियो । असोज १ गतेदेखि चलिरहेको यो अफर ३५ दिनसम्म चल्नेछ । अफर शुरू भएको केही दिनमा नै ग्राहकहरूको भीड लाग्ने गरेको उनी सुनाउँछिन् । उनले साँझ ग्राहकको भिड अझै बढी लाग्ने गरेको बताइन् ।

















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया