अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
“अनुमतिविना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ”, उनले भने ।
मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन । यार्सागुम्बा सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ ।
मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन् ।
यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रुपमा रहेको छ । यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन् ।
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया