सरकार विस्तार गर्न अझै केही दिन लाग्ने
जसपा र एकीकृत समाजवादीलाई समेटेर मात्रै विस्तार गरिने

काठमाडौं । झण्डै अढाई महिनादेखि सरकार विस्तार हुन नसकेपछि सत्तारुढ गठबन्धनबीच बुधबार भएको छलफल पनि अनिर्णित भएको छ ।
सत्तारुढ गठबन्धन दलहरुबीच सहमति नजुटेपछि सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ ।
मन्त्रिपरिषद् विस्तार गर्नेबारेमा सहमति जुटाउन बुधबार बेलुका बालुवाटारमा पाँच दलका नेताहरुबीच छलफल भएको थियो ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशबारे कुनै सहमति जुटाउन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा जनता समाजवादी पार्टी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई समेटेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए ।
सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद् विस्तार गर्नेबारेमा मंगलबार पनि बालुवाटारमा बैठक बसेको थियो । उक्त बैठकमा डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने सहमति भएपछि बुधबार खड्काले मन्त्रीको सपथ लिएका थिए ।
खड्कालाई मन्त्री बनाउन गठबन्धन दलहरु सहमत भए पनि कांग्रेसभित्रै असन्तुष्टी भने चुलिएको छ ।
















नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया