विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ । एकासिऔँ विजयोत्सवका अवसरमा यहाँस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा शुक्रबार तस्विर प्रदर्शनी तथा विविध साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमअन्तर्गत बिहान “भिक्ट्री अटो ¥याली” निकालिएको थियो । विजय र “अमर रेजिमेन्ट” का झण्डाहरू फहराउँदै सजाइएका सवारी साधनहरूको ¥याली नेपाल उक्त केन्द्रबाट सुरु भई रुसी दूतावाससम्म पुगेको थियो । ¥यालीका सहभागीले महान दोस्रो विश्वयुद्धमा भाग लिएका आफ्ना आफन्तका तस्बिरहरू समेत बोकेका थिए ।
सोभियत सङ्घका जनताले मातृभूमिको रक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको इतिहास तस्विरका माध्यमबाट प्रस्तुत गरिएको छ ।
प्रदर्शनीको उद्घाटन नेपालका लागि नवनियुक्त रुसी महासङ्घका राजदूत एलेक्सी सुरोवत्सेभले गरे ।
राजदूत सुरोवत्सेभले विजय दिवसलाई ‘आँसुका साथ मनाइने उत्सव’ भन्दै त्यसले विश्व शान्तिका लागि गरिएको बलिदानको सम्झना गराउने बताउनुभयो । उनले सोभियत सङ्घका जनताको एकता र आत्मत्याग नै विजयको प्रमुख आधार भएको उल्लेख गर्दै नाजी विचारधाराको पुनरुत्थान अस्वीकार्य छ भने ।
त्यस अवसरमा सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वविद्यार्थी, मित्रकुञ्जका सदस्य तथा विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो । हरेक वर्ष मे ९ मा रुसी महासङ्घमा विजयोत्सव मनाइन्छ ।
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया