आईपीएल क्रिकेटमा दिल्लीसँग हैदराबाद ८ विकेटले पराजित
मेरोन्यूज
२०७८ असोज ७ गते ७:४०

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा हैदराबाद ८ विकेटले पराजित भएको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन, ऋषभ पन्तले ३५ रन, शिखर धवनले ४२ रन र पृथ्वी शले ११ रन बनाए । हैदराबादका खलिल अहमेद र राशिद खानले १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।
हैदराबादका अब्दुल समादले २८ रन, राशिद खानले २२ रन, रिद्धिमान साह र केन विलियम्सनले १८र१८ रन, मनिस पाण्डेले १७ रन र जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सम्बन्धित









आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया