बुधबार, वैशाख ३१, २०८२

पार्टी कब्जा गर्ने गरी गुण्डागर्दी शैली देखाए : नेता कोइराला

मेरोन्यूज २०७८ असोज ७ गते १४:२६

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी कब्जा गर्ने हिसाबले नेताहरू लागेको बताएका छन् । उनले जिल्ला जिल्लामा नेताहरूले पार्टी कब्जा गर्ने गरी गुण्डागर्दी शैली देखाएका बताएका हुन् ।

पार्टी कार्यालय सानेपामा क्रियाशील विवादका कारण धर्नामा बसेकाहरूको समर्थन गर्दै उनले भने, ‘नेपाली कांग्रेसलाई कदापि स्वीकार्य हुँदैन, गुण्डागर्दी गर्न यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन भन्नेमा म विश्वस्त छु, शान्तिपूर्ण आन्दोलन गर्नुस् संयमित ढंगले गरिने यो आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ ।’

यसअघि पार्टी सभापति शेरबहादुर देउवाको गृह डडेल्धुरामा प्रहरी लगाएर अधिवेशन गरेको थियो । यस अधिवेशनप्रति नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया