काठमाडौँ आइपुगे पाकिस्तानी पूर्वकप्तान साहिद अफ्रिदी
मेरोन्यूज
२०७८ असोज ७ गते १६:५१

काठमाडौँ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान साहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेस्ट प्रिमियर लिग प्रतियोगिताका लागि खेल्न बिहीबार काठमाडौं आइपुगेका हुन् । उनी बिहीबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
शनिबार सुरु हुनेलिगको चौथो सिजनअन्तर्गत अफ्रिदी काठमाडौँ किंस ११ बाट त्रिभुवन खेल मैदानमा खेल्ने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध उक्त टोलीमा उनले ललितपुर प्याट्रियोट्सविरुद्ध पहिलो खेल खेल्ने छन् ।

सन्दीपको नेतृत्वमा किंस ११ बाट अफ्रिदीसहित नेपाली खेलाडी अमित श्रेष्ठ, सुवास खकुरेल, शेर मल्ल, सिद्धार्थ लोहनी, मोहम्मद साम्सद शेख, दीपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अशोक चन्द, अमर सिंह रौतेला र गुल्सान झासमेत सहभागी हुने छन् ।
सम्बन्धित









झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया