प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असोज ७ गते १८:५५
काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना संक्रमण भएको पाइएको छ । सोही अवधिमा मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश बाहिरका एक जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आजै २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित














कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया