‘शहीद र बेपत्ताजनका परिवारलाई निःशुल्क उपचार’

पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सरकारले जनयुद्ध तथा जनआन्दोलनका शहीद, बेपत्ताजन, घाइते र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) बागलुङ नगरपालिका–७ वडाकमिटिद्वारा आज आयोजित जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले गण्डकी प्रदेश मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयनका लागि शहीद तथा बेपत्ताजनका परिवारको सङ्ख्या पुनरावलोकन गर्ने काम भइरहेको बताए ।
शहीद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुने मन्त्री बुढाले जानकारी दिए ।
प्रदेश सरकारले चालु आवको बजेट तथा कार्यक्रममा पनि जनयुद्ध तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।
निःशुल्क उपचार सेवा प्रवाहका लागि कार्यविधि बनाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिरहेको मन्त्री बुढाको भनाइ छ ।
सोही अवसरमा मन्त्री बुढाले बागलुङ–७ कालिमाटीका चार जनयुद्धका शहीद र दुई बेपत्ताजनका परिवारका सदस्यलाई सम्मानसमेत गरेका थिए ।
















दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया