सरकारले १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने

काठमाडौं । सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।
विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा नपाउने जनाएको छ ।
ती देशका नागरिकले नेपालको भ्रमण गर्न चाहेको खण्डमा आकस्मिक राहदानी बाहकले अनिवार्य रुपमा कूटनीतिक नियोगबाट प्रवेशात्रा लिनुपर्ने विभागले जनाएको छ ।
विभागले अनअराइल भिसाका लागि कोरोनाको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको र स्थलमार्गबाट आगमन हुनेको हकमा नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टा भित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण आवश्यक पर्ने जनाएको छ ।
पर्वतारोह र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपी, नेपालमा होटल बुक गरेको प्रमाण आवश्यक पर्ने विभागले जनाएको छ ।
मन्त्रिपरिषद्को यही असोज ५ गतेको निर्णयअनुसार विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ अनुसार यात्रुको आवागमन सम्बन्धमा नयाँ व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ ।
त्यस्तै, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा कुनै खोप र परीक्षण आवश्यक नपर्ने विभागको सूचनामा उल्लेख छ । पाँच वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरका बालबालिकको हकमा अन्य व्यवस्था नेपाली वा विदेशी नागरिक सरह हुने स्पष्ट पारिएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया