कांग्रेस १४ औँ महाधिवेशन : ६४ जिल्लामा एकसाथ पालिका अधिवेशन गर्न असफल

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तगर्तको आजबाट पालिकास्तरीय अधिवेशन सुरु भएको छ । गत भदौं २५ गते पछिल्लोपटक निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिकाअनुसार आजदेखि पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको थियो ।
गत शुक्रबार बसेको पदाधिकारी बैठकले तोकिएकै मितिमा वडा अधिवेशन सकिएका ६४ वटा जिल्लामा एकसाथ अधिवेशन गर्ने निर्णय गरेको थियो । केही जिल्लामा वडा अधिवेशनमै विवादका बीच हिजो (शुक्रबार) बसेको बैठकले आज एकसाथ पालिकास्तरीय अधिवेशन गर्न नसक्ने सूचना जारी गरेको थियो । सोहीअनुसार आज ६४ जिल्लामा पालिका अधिवेशन गर्न कांग्रेस असफल भएको छ ।
६४ जिल्लामा आज पालिकास्तरीय अधिवेशन गर्ने तयारीका साथ निर्वाचन अधिकृतसमेत खटाएको केही जिल्लामा सहमतिको प्राय भइरहेको निर्वाचन समितिका सदस्य कृष्ण गोपाल घिमिरेले बताए । आज नभएका पालिकास्तरीय अधिवेशन भोलि हुने उनले बताए । उनका अनुसार अहिले कति जिल्लामा पालिका अधिवेशन भयो भनेर जिल्ला तहसँग रिर्पोट लिने काम भइरहेको छ ।
केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले भने, ‘६४ जिल्लामा एकसाथ पालिका तहको अधिवेशन हुन सकेको छैन ।’ उनका अनुसार आज अधिवेशन नभएका पालिकामा जिल्ला निर्वाचन अधिकृतले नै मिति तोकेर अधिवेशन गर्ने अधिकार निर्देशिकामा नै व्यवस्था छ ।
सिन्धुपाल्चोक जिल्लामा भने जिल्ला निर्वाचन अधिकृतले विज्ञप्ति जारी गरेर अर्को सूचना प्रकाशित नभएसम्म अधिवेशन रोकेको शुक्रबार नै जानकारी गराएका छन् । काठमाडौं जिल्लामा भने १६ गते पालिका तहको अधिवेशन गर्ने निर्णय भएको छ ।
काभ्रे सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत सम्पर्कमा नआएकाले अधिवेशन स्थगन गरिएको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । उनले निर्वाचन अधिकृत राजेन्द्र लामिछाने विना सूचना सम्पर्कविहीन भएकाले अधिवेशन स्थगन गर्नु परेको बताए ।
सहमहामन्त्री डा प्रकाशशरण महतले शुक्रबारको बैठकपछि पालिका अधिवेशन दसैँअगाडि सकाउने निर्णय भएको जनकारी दिएका थिए । हिमाली २१ जिल्लाको हकमा भने दसैँअघि नै जिल्ला अधिवेशन टुंग्याउने सहमति भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

















पाकिस्तान न्युजिल्यान्ड – सुपर ८ मा रोमाञ्चक भिडन्त
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया