सभापति देउवाको आग्रह : स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा जानु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले आजदेखि सुरु भएको पालिका स्तरीय अधिवेशनमा सहभागी हुने सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कार्यकर्तालाई अधिवेशनमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका हुन् । यस अवसरमा उनले कांग्रेसका नगर र गाउँ प्रतिनिधिलाई शुभकामनासमेत दिएका छन् ।
‘तपाईंहरूको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ, जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ तथा नगर अधिवेशन सुरु भएको छ । कांग्रेसले वडा अधिवेशन सम्पन्न गरिसकेको ६४ जिल्लामा एकैसाथै पालिका स्तरीय अधिवेशन गर्ने भनिए पनि सम्भव हुन सकेन ।















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया