जागिरबाट ३० पटक निकालिए, अहिले विश्वकै धनाड्यहरुमा परे

काठमाडौँ । जीवनमा धेरै मानिसहरू असफलताले छियाछिया भएका हुन्छन् । हामी सोच्ने गर्छौं कि असफलता हाम्रो दुश्मन हो ।
तर, हामी जति असफल हुन्छौँ, त्यति नै अवसरले पर्खेका हुन्छन् । प्रायः धेरै मानिस कयौँपटक असफल भएर मात्रै सफलताको शिखरमा पुगेका हुन्छन् । असफलतापछि सफल भएका व्यक्तिमध्ये एक हुन, चिनियाँ नागरिक ज्याक्मा ।
बुवा मा लाइफा र आमा किउवाङ्गको कोखबाट दोस्रो सन्तानका रुपमा जन्मिए । सन् १९६४ सेप्टेबर १० मा चीनको जेजिङ्ग राज्यको ह्याजाउङ शहरमा जन्मिएका उनी सानैदेखि चञ्चले स्वाभावका थिए । सानैदेखि पढाईमा रूची थिएन, तर अंग्रेजी भाषा बोल्न अत्यन्तै रूची राख्थे ।
पढाईमा ज्याक्मा ४ कक्षामा २ पटक, कक्षा ८ मा ३ पटक फेल भए । स्नाकोत्तर प्रवेश परीक्षमा ५ पटक फेल भए । हवार्ड विश्वविद्यालयमा प्रवेश गर्न १० पटक असफल भएपछि उनी आफ्नै शहरको एक कलेजमा भर्ना भए ।
पढाईसँगै उनी जागिरको खोजीमा हिँडे । तर, उनी जागिर पाउनबाट ३० पटक असफल भए । उनी बस्दै आएको शहरमा केएफसी खुल्दै थियो । जसमा २४ जनाले जागिरका लागि आवेदन पेश गरेका थिए । जसमा २३ जना छनौट हुँदा ज्याक्माले जागिर पाएनन् ।

लगत्तै उनी प्रहरीमा भर्ती हुन गए । प्रहरीमा भर्ती हुन जाँदासमेत उनलाई नराम्रो भएको भन्दै निकालिदिए । पटकपटक काम पाउन असफल भएका उनले सफलताको खोजी गर्न छाडेनन् । उनले भन्थे, ‘मेरो आजको दिन खराब छ, भोलिको दिन झन खराब होला, तर पर्सी राम्रो हुन्छ होला ।’
उनको विश्वास कहिले थाकेनन् । पहिलेदेखि नै अंग्रेजी भाषामा राम्रो भएका उनले पछि अंग्रेजी शिक्षक भए । अंग्रेजी पढाएसँगै उनले मासिक १२ डलरमा कमाउन थाले ।
गरिब परिवारमा जन्मेका उनी सानै उमेरमा ह्याङजाउ इन्टरनेशनल होटलमा आएका पर्यटकसँग अंग्रेजीमा कुराकानी गरेर अध्ययन गर्न थाले । उनले यो काम ९ वर्षसम्म गरे । यसका लागि उनले साइकल चढेर दैनिक २७ किलोमिटरको यात्रा तय गरे । पर्यटकहरूलाई घुमाउन थाले ।
विदेशी पर्यटकलाई उनको चिनियाँ नाम मायुन उच्चारण गर्न गाह्रो लाग्यो । यसै क्रममा एक जना विदेशी साथीले उनको नाम ज्याक राखिदिए । पछि गएर त्यही नामबाट उनी ज्याक्मा बन्न पुग्यो ।
सन १९९५ को सुरुवातमा उनी एउटा चिनियाँ कम्पनीको सुधारका लागि अमेरिका गए । त्यहाँ उनले पहिलोपटक इन्टरनेट देखे । र, इन्टरनेट चलाउने मौका पाए ।
यस क्रममा उनले आप्mनो देशमा उत्पादन भएका सामानको खोजी गरे । चिनियाँ सामान इन्टरनेटमा पाएनन् । सोही घटनापछि उनको मनमा आफ्नो देशको सामान पनि विश्व बजारमा चिनिनु पर्छ भन्ने भाव पैदा हुन पुग्यो । पछि उनी स्वदेश फर्किए । देशमा भएका सबै व्यापारीलाई जोड्नका लागि एउटा अनलाइन साइड बनाए । जसको नाम चाइना एल्लो पेज थियो । उनको यो काम सफल हुन सकेन ।
अलिबाबाको इतिहास
ज्याक्माले धेरै कम्पनीहरू खोले । तर, सफलता हात पार्न सकेनन् । सोही क्रममा उनले २८ जुन सन् १९९९ मा १७ जना आफ्ना कलेजका साथीहरूको समूह बनाएर अलिबाबा कम्पनीको स्थापना गरे ।

जसको लक्ष्य इन्टरनेटबाट सामान बिक्री वितरण गर्ने थियो । यस कम्पनीको सुरुसँगै चीनमा उत्पादित वस्तुलाई विश्व बजारमा ल्याउने वातावरण हुन पुग्यो । अक्टोबर १९९९ मा यस कम्पनीले गोल्डम्यान स्याक्स र सफ्ट बैंकबाट २५ मिलियन अमेरिकी डलर लगानी प्राप्त गरे । त्यसपछि यस कम्पनीले कहिले पछाडि फर्कनु परेको छैन ।
सन २०१९ को एक रिपोर्टका अनुसार अलीबाबा कम्पनीको ६७४ मिलियन सक्रिय प्रयोगकता छन् । कम्पनीको प्रत्येक वर्ष ३७६ विलियन ९चिनियाँ युयान०को कारोबार गर्दै आएको छ ।
सफलताको शिखर चुम्दै गरेको अलीबाबा कम्पनीले सन् २०१४ मा आइपिओ सार्वजनिक गर्नका लागि कदम चालेको थियो । कम्पनीले २१।८ बिलियन डलर उठायो । यो समयमा विश्वकै सबैभन्दा ठूलो आइपिओ भरेको कम्पनी बन्न पुग्यो ।

अहिले अलीबाबा कम्पनीमा दुई लाख ५५ हजार जना कर्मचारी रहेका छन् ।
ज्याकमाको सम्पत्ति कति ?
महिनामा १२ डलर कमाउने ज्याक्मा अहिले महिनाको ०।३ बिलियन अमेरिकी डलर कमाउँछन् । वार्षिक ४ विलियन डलर आम्दानी गर्ने उनीसँग अहिले ४३।४० विलियन डलर छ ।
ज्याक्माले सन १९८८ मा क्याथि झह्याङसँग विवाह गरेका थिए । एजेन्सीको सहयोगमा
















राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया