९ सय ५३ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
१ हजार ३७१ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरबाट ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा कोरोना संक्रमण पुष्टी भइ देशभरबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार संक्रमणमुक्त हुने दर ९६ दशमलब १ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार शनिवार १ हजार ३ सय ७१ जना डिस्चार्ज भएसगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ जना रहेको छ ।
















दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया