मुख्यमन्त्री शाहीलाई ४० किलोको माला !

सुर्खेत । गाउँपालिकाको विद्यालय भवन उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।
कर्णाली प्रदेसस्थित डोल्पाको जगदुल्ला गाउँपालिका ६ स्थित एक सामुदायिक विद्यालयको आवासीय भवन उद्घाटन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री पर्यटन मन्त्रीका साथ हेलिकोप्टर चढेर डोल्पा पुगेका थिए ।
डोल्पाको जगदुल्ला पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरियो । मुख्यमन्त्री र पर्यटनमन्त्रीसँगै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायले पनि ४० किलोको माला भेट्टाए ।
प्रदेशसभा सदस्य बीरबहादुर शाहीले त्यति ठूलो माला लगाउन अस्वीकार गरे । सांसद शाहीले ४० किलोको माला अस्वीकार गरेपछि त्यही माला गाउँपालिका अध्यक्षले लगाउन पाएका थिए ।
यस्तै, मुख्यमन्त्री शाहीले शनिवार नै उक्त गाउँपालिकाको प्रशासकीय भवनको पनि उदघाटन गरेका छन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीकाअनुसार गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार ४३३ रुपैयाँ खर्च भएको छ ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया