गीतकार विश्व बल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कार

बिराटनगर । वरिष्ठ गीतकार विश्व बल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ ।
गीतकार सङ्घ नेपाल काठमाडौँद्वारा मोरङको सुन्दरहरैचामा शनिवार आयोजित ११औँ वार्षिकोत्सव एवं नवौँ स्रष्टा सम्मान एवं गीत विमर्श कार्यक्रममा बल्लभलाई एक लाख ५१ हजार नगदसहित सम्मान गरिएको हो ।
यसैगरी, राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई रु २५ हजारसहित सम्मान गरिएको छ ।
नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउन योगदान पु¥याएकोमा हरि उप्रेती (अमेरिका)लाई डायस्पोरा पुरस्कारबाट उप्रेतीको प्रतिनिधित्व गर्ने मौसम पराजुलीलाई सम्मान गरिएको छ ।
यस्तै वर्ष गीत–२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत सङ्ग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ ।
सो अवसरमा पुरस्कार वितरण गर्दै प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिक ऊर्जाशील हुने बताए ।
उनले कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राख्नुभयो । प्रदेश प्रमुख अधिकारीले कलाकार एवं साहित्यकार सधैँभरि स्वच्छ, निर्मल, कोमल भावनाको हुने हुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमतावान हुने विचार राखे ।
सङ्घका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त थापालगायतले जीवित तथा अमरत्व प्राप्त गरेको स्रष्टाका सन्तानको सहयोगबाट अहिलेसम्म रु ५० लाखको अक्षयकोष स्थापनामा रकम प्राप्त भएको जानकारी दिए ।
सङ्घले यसअघि आठौँ स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो ।
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया