अरुण भ्याली, साहस उर्जा र नबिल बैंकको लाभांश वितरण आज सकिदै

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले असोज २४ गतेको साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर वितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडि बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने नियम छ ।
यस्तै साहस उर्जा लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गते बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन बिकी खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन् । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा असोज १० सम्म आवेदन दिन सकिने छ ।
कम्पनीको आईपिओमा गत शुक्रबार अर्थात् तेस्रो दिनसम्म ३.८२ गुणा बढीको आवेदन परेको छ । कम्पनीले ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट निर्माण गरिरहेको छ ।
यसैबीच नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामूहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आइतबार अर्थात असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणको लागि असोज ११ गते बुक क्लोज गरेकोले आइतबार कायम लगानीकर्ताले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् ।
आर्थिक वर्ष ७७÷७८ को नबिल इक्विटी फण्डले करसहित ४० प्रतिशतले हुन आउने ५० करोड बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै नबिल ब्यालेन्सड फण्ड २ ले करसहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया