कपनबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव मकवानपुरमा भेटियो
मेरोन्यूज
२०७८ असोज १० गते १२:२०
काठमाडौँ । कपनको मिलनचोकस्थित ढलबाट बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा भेटिएको छ । १० वर्षीय बालक उज्ज्वल विश्वकर्मा गत सोमबार ढलमा खसेर बेपत्ता भएका थिए ।
साँझ हजुरबुबासँग घर जाँदै गर्दा हराएका बालकको शव ललितपुरमा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बालकको शव लतितपुर र मकवानपुरको सीमाना भई बग्ने बागमती किनारमा फेला परेको हो । शनिबार साँझ शव फेला परे पनि आज मात्रै पहिचान भएको हो ।
सम्बन्धित










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया