डोल्पामा तोकियो निर्वाचन अधिकृत, अन्य चार जिल्लामा कहिले ?

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिले विवादित पाँच जिल्लाको क्रियाशील सदस्यता सूची शनिवार सार्वजनिक गरेको छ । जसमा महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्ता नामावली सार्वजनिक रहेका थिए ।
तर डोल्पामा मात्र मात्र निर्वाचन अधिकृत तोकेको छ । केन्द्रीय निर्वाचन समिति डोल्पाका लागि चन्द्रप्रसाद लुइँटेल अधिकृतको रूपमा चयन गरेको छ ।
समितिका सचिव जगन्नाथ श्रेष्ठले अधिकृत लुइँटेल अधिवेशनका लागि आवश्यक सामाग्री केन्द्रीय निर्वाचन समितिबाट बुझेर डोल्पा जिल्ला हिडिसकेका बताए । उनका अनुसार अन्य चार जिल्लाका लागि तत्काल निर्वाचन अधिकृत नतोक्ने उनले जानकारी दिए ।
उनका अनुसार थप आठ जिल्लाको क्रियाशील सूची प्राप्त भएपछि मात्र सबै जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्वाचन समितिले तयारी छ ।
क्रियाशील विवाद समाधान समिति कार्यदलका सदस्य योगेन्द्र चौधरीले आज कैलालीको सदस्यता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
गत असोज ३ गते नै विवाद समाधन गरेको सूची सार्वजनिक गरेको थियो भने छिटै नामावली सार्वजनिक गर्ने बताएको थियो ।
भोलीसम्ममा प्रदेश २ का क्रियाशील सदस्यता सूची सावैजिनक गरिने निर्वाचन समितिले जनाएको छ । हालसम्म ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । स















नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया