ईपीएल चौंथो संस्करणमा चितवनको सान्दार जीत

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।
आइतबार टीयू क्रिकेट मैदानमा भएकोदाेस्राे खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको छ ।
चितवनको जीतमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।
यस्तै भीम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए भने करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए ।
कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन जोड्दा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।
विराटनगरका सिकन्दर राजा र करण केसीले २- २ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १-१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
विराटनगरका लागि सिकन्दर राजाले ६७ रनंंको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए । उनले ४७ बलमा ७ छक्का र २ चौका जोड्रन सफल भए ।
यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए भने बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल सून्य रनमा अविजित रहे।
विराटनगरका रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोड्रडा सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २र२ विकेट लिए । शाहब आलमले १ विकेट लिए ।
चितवन पहिलो खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
काठमाडौंमा शनिवारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उदघाटन खेलमा काठमाडौं किङ्स ११ ले सात विकेटले जीत निकालेकाे थियाे ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया