सोमबार, वैशाख ८, २०८२

ईपीएल चौंथो संस्करणमा चितवनको सान्दार जीत

मेरोन्यूज २०७८ असोज १० गते १४:५२

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

आइतबार टीयू क्रिकेट मैदानमा भएकोदाेस्राे खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको छ ।

चितवनको जीतमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।

यस्तै भीम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए भने करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए ।

कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन जोड्दा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।

विराटनगरका सिकन्दर राजा र करण केसीले २- २ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

विराटनगरका लागि सिकन्दर राजाले ६७ रनंंको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए । उनले ४७ बलमा ७ छक्का र २ चौका जोड्रन सफल भए ।

यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए भने बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल सून्य रनमा अविजित रहे।

विराटनगरका रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोड्रडा सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २र२ विकेट लिए । शाहब आलमले १ विकेट लिए ।

चितवन पहिलो खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

काठमाडौंमा शनिवारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उदघाटन खेलमा काठमाडौं किङ्स ११ ले सात विकेटले जीत निकालेकाे थियाे ।

प्रतिक्रिया