ट्रकको ठक्करबार दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १० गते १६:५७

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नजिक ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका– ३ स्थित गागनखोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जादँैगरेको ना ६ ख १३१ नम्बरको ट्रकले पश्चिम आउँदै गरेको स ७ प ९१८५ नम्बरको मोटरसाइकललाई आइतबार विहान ठक्कर दिँदा सप्तरी कञ्चनपुर नगरपालिका ७ का ३०वर्षीय अभिषेक कटुवाल र ३७ वर्षका अच्यूत लुँइटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल र लुँइटेलको बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सन्तोष राइले जानकारी दिए ।
सम्बन्धित
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया