ट्रकको ठक्करबार दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १० गते १६:५७

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नजिक ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका– ३ स्थित गागनखोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जादँैगरेको ना ६ ख १३१ नम्बरको ट्रकले पश्चिम आउँदै गरेको स ७ प ९१८५ नम्बरको मोटरसाइकललाई आइतबार विहान ठक्कर दिँदा सप्तरी कञ्चनपुर नगरपालिका ७ का ३०वर्षीय अभिषेक कटुवाल र ३७ वर्षका अच्यूत लुँइटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल र लुँइटेलको बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सन्तोष राइले जानकारी दिए ।
सम्बन्धित












चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया