विकास समितिको निर्देशनः दशैंका लागि बिग्रिएको बाटो बनाऊ

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरुको महान चाड बडादशैँलाई लक्षित गरी वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंदरवारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले समितिको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसानधमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिकरुपमा लामवद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न, अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका कुराहरुको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताए ।
उनले सातै प्रदेशमा समितिको २०७५ असाेज १० को निर्देशन ऐन अहिले पनि उपर्युक्त हुने भएकोले पुनः कार्यान्वयन गर्न/गराउन यातायात मन्त्रालय र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको पनि बताए ।
सभापति खड्काकाअनुसार ५० करोड रुपैयाँ भन्दा बढी लागत भएका आयोजनाहरुलाई मात्र वर्षीय आयोजनाको रुपमा कार्यान्वयन गर्नेगरी बनाइएको मापदण्डले पूर्वाधार विकासमा आवश्यक रहेका धेरै आयोजनाहरु कार्यान्वयन नहुने र अव्यवहारीक हुने भएकोले सो मापदण्ड तत्काल पुनरावेदन गर्ने व्यवस्था मिलाउन समितिले यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभापति खड्काले सम्बन्धित मन्त्रालय अन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका कामहरु आवश्यक श्रोतको सुनिश्चितता गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिए ।
सभापति खड्काले ५ दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई २ दिन थपेर हप्ता दिन बनाउन पनि सरकारलाई सचेत गराए ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज रास्वपाको वृहत्तर एकता घोषणा सभा गर्दै
प्रतिक्रिया