सुमेरु सिटी अस्पताल कारबाहीमा

काठमाडौं । ललितपुरस्थित सुमेरु सिटी अस्पताल कारबाहीमा परेको छ ।
एन्टिजेन परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भेटिएपछि अस्पताललाई कारबाही गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
ललितपुरका सहायक प्रजिअ बस्नेत नेतृत्वको अनुगमन टोलीले आइतबार अनुगमनका क्रममा अस्पताललाई अन द स्पट २० हजार रुपैयाँ जरिवाना कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
यस्तै, टोलीले ललितपुर क्षेत्रका होटल, रेष्टुरेन्टहरुको पनि आइतबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय होटल ब्यवसाय दर्ता नवीकरण नगरेको तथा मूल्य सूचि नराखेको भेटिएको प्रशासनले जनाएको छ ।
त्यस्ता ब्यवसायलाई तत्काल नवीकरण गर्न तथा मूल्य सूचि राख्न निर्देशन गरिएको सहायक प्रजिअ बस्नेतले बताए । अनुगमनकै क्रममा टोलीले डल्ले रेष्टुरेन्ट र रोडहाउस पिजरियालाई १०÷१० हजार तथा लेबल ३ टेरिस प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया