टिप्परको ठक्करबाट भारतीय नागरिकको मृत्यु, आक्रोशित स्थानीयले टिप्पर जलाए

धनुषा । जनकपुरधामको पिडारी चोकमा आइतबार साँझ टिप्परको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नम्बरको टिप्परले ठक्कर दिँदा आनन्दकिशोर दास नामका भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नंको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिक्करले ठक्कर दिएपछि मोटरसाइकल चालकको टाउकामा चोट लागेर गम्भीर घाइते भएको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएको तर सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् आक्रोशित स्थानीयवासीले टिप्परमा आगजनी गरेका छन् । आगजनीबाट टिप्पर पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
आगजनीपछि प्रहरी प्रशासनले भीडलाई नियन्त्रण गर्दै वारुण यन्त्रको सहायताले आगो निभाएको थियो ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया