टिप्परको ठक्करबाट भारतीय नागरिकको मृत्यु, आक्रोशित स्थानीयले टिप्पर जलाए

धनुषा । जनकपुरधामको पिडारी चोकमा आइतबार साँझ टिप्परको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नम्बरको टिप्परले ठक्कर दिँदा आनन्दकिशोर दास नामका भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नंको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिक्करले ठक्कर दिएपछि मोटरसाइकल चालकको टाउकामा चोट लागेर गम्भीर घाइते भएको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएको तर सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् आक्रोशित स्थानीयवासीले टिप्परमा आगजनी गरेका छन् । आगजनीबाट टिप्पर पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
आगजनीपछि प्रहरी प्रशासनले भीडलाई नियन्त्रण गर्दै वारुण यन्त्रको सहायताले आगो निभाएको थियो ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया