अग्रिम टिकट बुकिङ खुला, नयाँ भाडादर कार्यान्वयनमा

काठमाडौँ । दशैँमा घर जानको लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले काठमाडौँबाट दशैँमा घर जानको लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
सरकारले यातायात व्यवसायीसँग छलफल गरेर लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ । यस्तै नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ११ वटा ‘टिकट काउन्टर’ पनि थप गरिएको छ । नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्छन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाण्डौँका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यस्तै सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर लागु गरेको छ ।
यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया