अग्रिम टिकट बुकिङ खुला, नयाँ भाडादर कार्यान्वयनमा

काठमाडौँ । दशैँमा घर जानको लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले काठमाडौँबाट दशैँमा घर जानको लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
सरकारले यातायात व्यवसायीसँग छलफल गरेर लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ । यस्तै नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ११ वटा ‘टिकट काउन्टर’ पनि थप गरिएको छ । नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्छन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाण्डौँका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यस्तै सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर लागु गरेको छ ।
यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

















‘मौन अवधि’ के हो ? उल्लंघन भए के कारबाही हुन्छ ?
यूएईमा सेक्युरिटी गार्डमा कार्यरत थिए इरानको आक्रमणबाट ज्यान गुमाएका श्रेष्ठ
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
अमेरिकामा स्थापना भयो ‘हामी नेपाली इन्टरनेशनल’
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया