महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार

आजकाल धेरै महिलाको साझा समस्या पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउने गर्दछ ।यसको सही उपचार नभएमा विस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो । तर, पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ । यस्तोमा तल्लो पेटको दुखाइले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षणअनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।
कतिबेला पेट दुखाइ असामान्य हुन्छ ?
– महिनावारी हुन्भन्दा एक साता अगाडिदेखि पेट दुख्नु
– महिनावारी भइसकेपछि झन धेरै दुख्ने
– महिनावारीमा ढिका
—ढिका रगत जाने
– सात दिनपछिसम्म रगत बग्नु ।
लक्षण
कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको क्षयरोग हुनसक्छ । यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ ।
साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाइ बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ । यस्तो दुखाइ हुँदा काम गर्न नसकिने, दिसापिसाब गर्न गाह्रो हुने, ढाड दुख्ने र योनीबाट तरल पदार्थ बग्नेसमेत हुन्छ । रोगको पहिचान हुन नसक्नुले पनि बिरामीलाई सही उपचार पाउँदैन ।
यो समस्या अल्ट्रा साउन्डमा नदेखिने भएकोले पनि रोग पहिल्याउन समस्या हुँदा बिरामीलाई धेरै दुखाइ हुने हुन्छ ।
कारण
महिनावारी भएको बेला योनीबाहिर रगत आउनुपर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बासयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ ।
महिनावारी हुँदा बाहिर बग्नुपर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नशा र पिसाबथैली माथि पुग्दछ । जो पछि टाँसिएर कसिदै जान्छ । जो लामो समय हलचल नहुँदा हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पीडा महिनावारीको बेला वा यात्रा गर्दासमेत बल्झिने गर्दछ ।
उपचार
तल्लो पेट दुखाइको उपचार गर्नुअघि तल्लो पेट दुखाइको कारण बुझ्नुपर्ने हुन्छ । यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्री बुझेर मात्र उपचार थाल्दछन् ।
यदि हिस्ट्रीबाट पनि दुखाइको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाँच गर्दछन् । यदि डिम्बासयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बासय पनि निकाल्नुपर्ने हुन्छ ।
त्यसैले तल्लो पेटको दुखाइलाई सामान्य नमानी दुखाइ सुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
प्रतिक्रिया