बिहीबार, जेठ १, २०८२

बाबुराम भन्छन्– एमालेलाई संसदमा आउनै लाज हुनुपर्ने

मेरोन्यूज २०७८ असोज ११ गते १७:४१

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दुई दुई पटक सांसद विघटन गर्ने एमालेले संसदमा आउनै लाज मान्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेकपा एमालेका सांसदहरुले पदबाटै राजीनामा दिनुपर्ने तर्क गरे ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहो¥याए ।

भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

प्रतिक्रिया