लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागु–औषध तस्करी गर्नेहरू विरुद्ध आक्रमण सुरु गरेको जनाउँदै आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ ।
संयुक्त टास्क फोर्स साउदर्न स्पियरले आतङ्कवादी सङ्गठनहरूद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जनाइएको छ भने युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समार्फत कारबाहीका क्रममा नार्को–तस्करी मार्गमा तीन जना नार्को–आतङ्कवादी मारिएको पुष्टि गरेको छ ।
पोस्टमा आक्रमणको भिडियो समावेश गरिएको थियो भने यसमा बम प्रहार र आगो लाग्नुअघि डुङ्गाको हवाई दृश्य देखाइएको थियो ।
संयुक्त राज्य अमेरिकाले सेप्टेम्बरको सुरुमा कथित तस्करी डुङ्गाहरूलाई लक्षित आक्रमण सुरु गरेपछि १५० जनाको मृत्यु हुनुका साथै दर्जनौँ जहाज नष्ट भएको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले अवैध गतिविधिको निश्चित प्रमाण विना निरन्तर आक्रमण गरेको भन्दै कानूनविदहरूले मृत्युका अतिरिक्त अन्य कारवाही गर्ने सकिने विचार व्यक्त गरेका छन् ।
आक्रमण लागु–औषध तस्करी विरुद्ध लड्न अत्याआवश्यक रहेकोमा जोड दिँदै ट्रम्प प्रशासनले उनीहरुको मृत्यु अभियानको एक हिस्सा भएकोका जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया