राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय
अध्यादेश खारेजीका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरी सरकारले सोमवार नै अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको थियो ।
सोही अध्यादेश जारी भएपछि नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले छुट्टै राजनीतिक दलको वैधानिकता पाएको थियो ।
यहि अध्यादेशका कारण पार्टी विभाजित भएको भन्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । उसले १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।
यता, गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने अध्यादेश फिर्ता नलिइ सरकारमा नजाने अडान राखेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णयबारे भने केही उल्लेख गरेका थिएनन् ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया