चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ”, बराललले भने, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।
“हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला प¥यो”, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । रासस
















मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया