खोलाले बगाउँदा बालिकाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १२ गते १३:०८
काठमाडौँ । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
देउमाई १ चमैता मामली घरमा बसेर पढ्दै आएकी ९ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत उनी सोमबार विद्यालयबाट फिर्किँदै गर्दा खोलाले बगाएको थियो ।
भाइबहिनीलाई खोलाबाट तारेर आफू तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाएपछि खोजतलास गर्दा ढुंगामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
सम्बन्धित
















बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
बैतडीमा ७ उम्मेदवारको जमानत जफत
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया